१३ श्रावन २०७८, बुधवार
सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।
नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रूपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदै हुनुहुन्छ ।
शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हाल्नु भएको छ ।
उहाँले भारतबाट राष्ट्रिय प्रतिरक्षा र अमेरिकाबाट आतंकवाद सुरक्षा, थाइल्याण्ड, पाकिस्तान र बंगलादेशबाट उच्चस्तरीय तालिम तथा सेमिनाहरु पूरा गनुभएको छ ।
रथी शर्माले आफ्नो ३७ वषे लामो सैनिक सेवाको दौरानमा संयुक्त राष्ट्र संघको शान्ति मिशनको पूर्वी टिमोरमा गुल्म र कंगोमा गणको अन्तराष्ट्रिय कामाण्ड सम्हाल्नु भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गर्नुभएको छ ।









