१२ श्रावन २०७८, मंगलवार

नेपालमा आज ३,८९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ३,८९९ जना संक्रमित थपिएका हुन् । नेपालमा केहि दिनयता दैनिक कोरोना संक्रमित हुनेको संख्या बढिरहेको पाइन्छ ।

काठमाडौंमा ४७५, ललितपुरमा १६७ र भक्तपुरमा १२३ गरी उपत्यकामा आज उपत्यकामा ७६५ नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी पछिल्लो घण्टामा देशैभरी १७७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज सँगैै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका सँगै नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ९,७५८ पुगेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल २८ हजार ८३६ जना संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइसोलेशनमा २५ हजार ९३८ र संस्थागत आइसोलेशनमा २,८९८ जना रहेका छन् ।

त्यस्तै हाल देशैभरीका अस्पतालका आइसीयुमा ६११ जना र भेन्टिलेटरमा १७१ जना उपचाररत रहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर