१२ श्रावन २०७८, मंगलवार

घर नजिकैको गोठमा घास हाल्न गएकि एक युवति मृत फेला परेकि छन ।

रुकुम पश्चिमको त्रिवेणी–४ स्थित छरीखोलाकी करिब २५ वर्षीया कमला खत्री खड्काको शव घर फर्कने बाटोभन्दा केही तल फेला परेको हो।

सोमबार बेलुकी घरभन्दा करीव दुईसय मिटरपर कुरलखोलामा रहेको गोठमा भैंसीलाई घाँस हाल्न गएकी थिइन्।

धेरै समय हुदा पनि घरमा नफर्किपछि खाजी गर्दा  उनको शव भेटिएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले जानकारी गराए ।
उनको शव भेटिएको ठाउँ नजिकै मकै र घाँस कुच्चिएको अवस्थामा भेटिएको र घर फर्कने बाटोभन्दा केही तल उनको शव फेला परेको खड्काले बताए।

घटनास्थल पुगेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले अनुसन्धान थालिएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर