१२ श्रावन २०७८, मंगलवार

पाल्पा जिल्लाको माथागढी गाउँपालिका–१, अगाहाखोलामा मंगलबार बिहान ट्रक र कार आपसमा ठोक्किदा चार जना घाइते भएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बुटवलबाट पोखरा जाँदै गरेको ना २ ख ८३९० नम्बरको ट्रक र बिपरीत दिशाबाट आउदै गरेको ग २ च २०९४ नम्बरको कार आपसमा ठोक्किदा चार जना घाइते भएका हुन् ।

दुर्घटनामा परी ट्रक सय मिटर तल खोलामा खसेको छ ।

दुर्घटनामा भारत मोतिहारपुरका ४० वर्षका जिपरुला अन्सारी, ३९ वर्षका नजिर अन्सारी, २९ वर्षका गुल्सन अन्सारी, १५ वर्षका मिराज अन्सारी घाइते भएका छन ।
घाइतेहरुकोतानसेनस्थित मिसन अस्पतालमा उपचार भईरहेको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी गराएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर