११ श्रावन २०७८, सोमवार

अर्घाखाँचीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।  जिल्लाको छत्रदेव गाउँपालिका–६  की ४८ बर्षीया कमला रानाको करेन्ट लागेर मृत्यु भएको हो ।

घरको कुटानी पिसानी मिलमा मकै पिस्ने क्रममा चिसो हातले मिलको फलाममा छुँदा करेन्ट लागेर गम्भीर घाइते उनको अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टम गरि परिवारजनलाई बुझाइएको अर्घाखाँचीका प्रहरी प्रमुख अमर थापा क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर