११ श्रावन २०७८, सोमवार

गण्डकी प्रदेशमा सोमबार गण्डकीका ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार कास्कीमा ३०४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । यस्तै तनहुँका ७९ जना, गोरखाका १९ जना, लमजुङका २७ जना, नवलपुरका १३७ जना र स्याङ्गजाका ६० जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, पर्वतका ४३ जना, बागलुङका ३५ जना र म्याग्दी जिल्लाका छ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

सोमबार गण्डकीमा थप आठ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका पाँच जना, नवलपुरका एक जना, स्याङ्गजाका एक जना र बागलुङ जिल्लाका एक जना छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर