११ श्रावन २०७८, सोमवार
उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवार पक्राउ परेका हुन् । दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी ती बालिकाकाई सोही ठाउँस्थित निर्माणाधिन घरमा लगि दनुवारले शनिबार राति जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।