हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) र गायिका सपना पौडेलको तिज गीत ”पारिवन हरियो” सार्वजनिक भएको छ ।
सपना पौडेलकै शब्द सृजना रहेको गीतमा पौडेलकै संगीत रहेको छ ।
सुदीप सागरको संगीत संयोजन रहेको गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका छन् ।
निर्देशक तथा हाँस्य कलाकार दिपेन्द्र तिमल्सिना (बालक) को कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा राजु पौडेल (राजु मास्टर), बल्छी ध्रुबे, दिपेन्द्र तिमल्सिना, अनिता बस्नेत, सविना आचार्य, सपना पौडेल लगायतको अभिनय रहेको छ ।