११ श्रावन २०७८, सोमवार

आइतबार देखि बुधबारसम्म देशभर व्यापक वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

यस क्रममा आज  सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मंगलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना हुने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारसम्म दैनिक वर्षाको सम्भावना यस्तो छ :

साउन ११ गते सोमबार 
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन १२ गते मंगलबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं. १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं. १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

साउन १३ गते बुधबार
दिउँसोः धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

रातिः  धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नम्बर १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा  प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी बर्षाको सम्भावना रहेको हुनाले पहाडी  भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

सम्बन्धित खवर