११ श्रावन २०७८, सोमवार

एनआरएनए एनसीसीको हालसम्म २३ देशहरुमा नयाँ कार्यसमिति चयन  भएको हो ।

https://amzn.to/4myfPN5

सर्वसम्मतीले नेतृत्व चयन भएका देशहरुमा  स्वीडेनमा राजकुमार पाठक,  फिनल्याण्डमा शेखर आयार्च,  इजरायलमा गणेश गिरी, युगान्डामा बिनोद थापा,  आयरल्याण्डमा बिनोद कार्की,  कुवेतमा राणाध्वज लामा,  टर्कीमा उज्जल कुमार घिसिङ, सेल्सेल्समा मनोज विक,  कंगोमा अमृत क्षेत्री,  इटलीमा छविलाल कँडेल, हङकङमा गोकर्ण ढकाल, केन्यामा कृष्ण प्रसाद गैरे रहेका छन् ।

त्यसैगरी,  मलेसियामा विनोद कुमार थापा,  कोरियामा दिपक पुन, म्यानमारमा देवेन्द्र नौलखा,  घानामा रोशन श्रेष्ठ, लक्जेम्वर्गमा हरि खत्री, स्वीटजरल्याण्डमा एल्मर लामा,  कतारमा मोहम्मत मुक्तदा मुसलमान, ओमानमा विकल झा रहेका छन् ।

त्यस्तै, निर्वाचनको माध्यमबाट नयाँ नेतृत्व चयन हुनेमा अमेरिकामा बुद्धि सागर सुवेदी, पोल्याण्डमा जीवन केसी र बहराइनमा लक्ष्मी गिरी रहेका छन् ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जुलाई महिनाभित्र निर्वाचन सम्पन्न गर्न सबै एनसीसीहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर