१० श्रावन २०७८, आइतवार
१९ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा तनहुँमा ३ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भानु नगरपालिका–३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत २ जना रहेको प्रहरीले जनाएको छ।
ती किशोरीलाई गुरुङ लगायत ५ जनाले सामूहिक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले ३ जनालाई पक्राउ गरेको हो।
घटनामा संलग्न हाल फरार २ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।









