१० श्रावन २०७८, आइतवार

तपाई वैदेशिक रोजगारी या अन्य कुनै कामको लागि कतार जान थाल्नु भएको छ अव केहि कुरामा ख्याल राख्नै पर्ने भएको छ ।

तपाईले जोन्सन एण्ड जोन्सनको खोप लगाउनु भएको छ भने भने खोप लगाएको १४ दिन पुरा भएपछि कतार जानुभयो भने त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्न पर्दैन ।
कतारले फाइजर, बोयोएनटेक, मोडेर्ना, अस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको खोपलाई मान्यता दिएको छ ।

नेपालमा अहिले भेरोसेल र जोन्सन एण्ड जोन्सनको मात्र खोप लगाउने कार्य भैरहेको छ ।

तर खोप लगाएको प्रमाणपत्रमा पासपोर्टमा भएको नामसँग मिल्ने गरी खोप लगाएको  नाम भने हुनै पर्दछ ।

त्यसको अलावा स्पष्ट रूपमा खोप लगाएको मिति, खोपको नाम वा प्रकार,खोपको लट नम्बर र खोप लगाउने निकायको सही छाप अनिवार्य हुनु पर्दछ ।

कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेकाहरूले खोप लगाएको १२ महिना अवधिभित्र पुनः कतार प्रवेश गर्दा भने क्वारेन्टाईनमा वस्नु पर्देन ।

यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि www.ehteraz.gov.qa वेबसाइटमा अनलाइन माध्यमबाट प्री रजिस्ट्रेसन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने यात्रा अनुमति प्रिन्ट गरी साथमा लिएर मात्र यात्रा गर्न पाइन्छ नत्र पाइँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर