१० श्रावन २०७८, आइतवार
रोल्पामा बलात्कार घटनामा मिलापत्र गरेको आरोपमा वडा सदस्यसहित सात जना पक्राउ परेका छन्।
लुङ्ग्री गाउँपालिका–४ नम्बर वडा सदस्य हिमबहादुर विष्टसहित अन्य ६ जनालाई पक्राउ गरेको प्रहरील जनाएको छ ।

पीडितको उजुरीको आधारमा बलात्कारको आरोपित सहित मिलापत्र गराउने स्थानीय दुर्गे विष्ट, नवीन विष्ट, पुस्त विष्ट, पुस्ते खड्का र पीडितका ससुरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
गाउँमा वडासदस्य सहितको भेला वसेर २० हजारमा मिलापत्र गरिएकोमा गाउँको कोषमा १५ हजार र पीडितलाई ५ हजार छुट्याउने निधो गरेका थिए ।

पीडितलाई छुट्याइएको ५ हजार रुपैयाँबाट पनि १ हजार भद्रभलाद्मीलाई चिया खर्च र ५ सय ससुरालाई मान राख्ने भनेपछि पीडितले असन्तुष्टि जनाउँदै साउन ४ गते प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर