
१० श्रावन २०७८, आइतवार
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दुई दिनमा पाँच कोरोना संक्रमितको मृत्यु भएको छ । शनिवार र आईतवार गरी पाँच जना कोरोना सक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुपन्देहीका २जना, गुल्मीका २जना र प्यूठानका १ जना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिएका छन ।
मृत्युहुनेमा रूपन्देही तिलोत्तमा–५ की ३२ वर्षीया,बुटवल–७ का ४४ वर्षीय पुरूष रहेका छन । त्यसै गुल्मी इस्मा गाउँपालिकाका ७१ वर्षीय पुरुष गुल्मी चन्द्रकोटका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस्तै प्युठानको सरुमारानी गाउँपालिकाका ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ । रूपन्देहीमा हालसम्म ५०६ जनाको मृत्यु भएको छ ।