 
							१० श्रावन २०७८, आइतवार
साहित्य सन्ध्याले विभिन्न विधाका पाँचजनालाई सम्मान गर्ने भएको छ।
शनिबार बसेको कार्यसमिति बैठकले २०७७ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अनिता लामा‚ डा. राजेन्द्रप्रसाद अधिकारी‚ डा. शेषराज आचार्य (दीक्षित)‚ दिलबहादुर कार्की र प्रतीक ढकाललाई प्रदान गर्ने निर्णय गरेको हो।
उपाध्यक्ष रमेश पोखरेलको संयोजकत्वमा विधान आचार्य र यशोदा अधिकारी सदस्य रहेको स्रष्टा चयन समितिले गरेको सिफारिसका आधारमा सम्मानित गर्ने निर्णय गरिएको हो।
पुरस्कार तथा सम्मान आगामी भदौ १२ गते शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भर्चुअल कार्यक्रमबाट अर्पण गरिने उपाध्यक्ष पोखरेलले जानकारी दिए।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com