१० श्रावन २०७८, आइतवार

कोरानो कहर संग जुधिरहेका नेपालका कलाकारहरु युट्युबमा रमाउन थालेका छन । यस्तैमा नायिका करिश्मा मानन्धरले चलाएको युट्युबमा लगभग ५५ हजार सब्स्क्राइबर पुगेको छ उनले आफनो च्यानलमा आफूले गरिरहेका कामदेखि घरपरिवार र खाना बनाएका भिडियोसम्म युट्युबमा राखेकी छन्।
यस्तै नायिका प्रियंका कार्कको पनि आफनै युट्युब च्यानल छ । प्रियंका युट्युबमा खाने कुराको भिडियो राख्छिन्। उनले चपचप डायरीज नामको खानेकुरा बनाउने कार्यक्रम व्यावसायिक रुपमा नै बनाएकी छन्। उनको च्यानललाई लगभग तीन लाख जनाले सब्स्क्राइबर गरिसकेका छन ।
यस्तै नायिका ऋचा शर्माको पनि युट्युब च्यानलछ त्यहापनि उनले कहिले खाने कुरा पकाउने, गर्भावस्थामा गरिने योगा, व्यायाम सिकाउँछिन् त कहिलेकाहीँ मेकअप गरेका भिडियोहरु छन उनले भने युट्युबको सब्स्क्राइबर लुकाएकि छिन ।

https://amzn.to/4myfPN5

यस्तै नायिका रिमा विश्वकर्मा युट्युब च्यानलमा रमाइरहेकी छन्। उनले ‘मेरो एउटा साथी छ’ नामको टक शो नै चलाइरहेकी छन्। सब्स्क्राइबर झण्डै ६५ हजारको हाराहारीमा पुगेको छ।

बिहेको भिडियो राखेर युट्युब चलाउन सुरु गरेका नायिका वर्षा राउत र नायक सञ्जोग कोइरालाले त युट्युबलाई कुनै समयमा व्यावसायिक तरिकाले नै लैजाने योजना समेत बनाएका छन्।
वर्षा र सञ्जोगको सांसा नामक युट्युब च्यानलले अहिलेसम्म झण्डै २ लाख १० हजार सब्स्क्राइबर बनाइसकेको छ।

यस्तै नायिका विपना थापा पनि युट्युबमा च्यानल छ । ४ महिना अघिमात्रै युट्युब च्यानल खोलेकी विपनाको छोटो समयमै ८० हजार सब्स्क्राइबर पुग्न लागिसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर