९ श्रावन २०७८, शनिवार
म्याग्दीमा गुर्जा खोला थुनिएको छ । धवलागिरि गाउँपालिका–१, गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले ठुलो गल्छिमा गुर्जा खोला थुनिएको
आफुले जानकारी पाएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिएका छन ।
एकैपटक तलाउ फुटेमा तटिय क्षेत्रमा जोखिम हुनसक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराईएको छ,’ वडाध्यक्ष छन्त्यालले वताए ।
नदी थुनिएको स्थानमा गुर्जाबाट पुग्न २ घण्टा बढी समय लाग्छ । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक श्याम कुमार राईले खोला थुनिएको खवर आएको र थप सूचना लिने प्रयास भैरहेको जानकारी दिए ।
उहाँले तटिय क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरिएको उनले वताए ।









