९ श्रावन २०७८, शनिवार

रुपन्देहीको तिलोत्तमामा महिलाहरुको मात्र लगानीमा महिला तथा बालबालिका मैत्री अस्पताल बन्ने भएको छ ।

तिलोत्तमा बडा नम्बर ४ भक्तपुर टोलमा अस्पताल वन्न लागेको हो ।
आगामि ७ महिना भित्र सञ्चालनमा ल्याउने गरी निर्माण शुरु गरिएको अस्पतालमा २० जना महिला सेयर सदस्य रहेका छन्।

पहिलो चरणमा १५ बेडको अस्पताल निर्माण गर्ने गरी काम अगाडि बढाईएको सस्थाका प्रबन्ध निर्देशक कमला मल्ल हमालले जानकारी दिनु भयो । अस्पतालमा ३ करोड बढीको लगानी रहने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर