९ श्रावन २०७८, शनिवार

एनआरएनए बहराइनको अध्यक्षमा पुन: लक्ष्मी गिरी निर्वाचित भएकी छन् ।

https://amzn.to/4myfPN5

वरिष्ठ उपाध्यक्षमा अमर श्रेष्ठ, प्रथम उपाध्यक्षमा तीर्थ बहादुर भण्डारी, द्धितीय उपाध्यक्षमा युबराज प्याकुरेल, महिला उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ, महासचिवमा राजु कुमार श्रेष्ठ, सचिवमा बीरेन्द्र बुढाथोकी, सहसचिवमा कृष्ण प्रसाद गैरे निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा भावना आचार्य पन्त, सहकोषाध्यक्षमा दिप बिक्रम राना, महिला संयोजकमा संगीता खत्री, युवासंयोजकमा सन्त कुमार न्यौपाने चयन भएको निर्बाचन समितिका प्रमुख राजकुमार बस्नेतले जानकारी दिए ।

सदस्यहरुमा तीलक बहादुर कार्की, दीपक बहादुर दर्जी, सुशीला खत्री, रुद्रमणी उप्रेती, मिना तामाङ फलाम सिंह लामा र सूर्य भण्डारी रहेका छन् ।  त्यस्तै आई सी.सी सदस्यमा दिनेश बहादुर बस्नेत निर्विरोध निर्वाचित भएको बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर