
८ श्रावन २०७८, शुक्रवार
रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ३३ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिकामा ९ जना, देवदह नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका, सैनामैना नगरपालिका र कन्चन गाउँपालिकामा २–२ जना संक्रमित थपिएका छन् ।
जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३२ रहेको छन्।