सुनसरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक वर्षमा ५२ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ ।

गत आर्थिक वर्ष २०७७र०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेकामध्ये बदमासी गर्ने ५२ वटा फर्मलाई कारबाही गरेको हो ।

https://amzn.to/4myfPN5

वाणिज्य कार्यालयले पत्रकार सम्मेलन गरी ५२ वटा फर्मलाई कारबाही गर्दा १९ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी गराएको थियो ।

ठूला सपिङ सेन्टरहरूमा जसमा जैसानी टे«ड कन्सर्न पनि रहेको छ ।

उसलाई ३ लाख रुपैयाँ जरिवना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

यस्तै बिके मसालाउद्योग, सेन्टर बजार प्रालि, अंशु लघु घरेलु उद्योग, विज्ञान फार्मेसी, बबिता सर्जिकल हाउस लगायतका व्यावसायीलाई जनही २ लाख रुपैयाँ जरिवना गरिएको वाणिज्यका निमित्त कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।

प्रदेश १ को १४ जिल्ला कार्यक्षेत्र भए पनि विगतका वर्षहरूमा मोरङमा मात्र वाणिज्यले अनुगमन गर्दै आएको थियो ।

तर, आर्थिक वर्षमा मोरङ बाहेकका ६ जिल्लामा पनि वाणिज्यले अनुगमन गरेको छ । जसमा सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुरमा पनि बजार अनुगमन गरेको थियो ।धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान अगाडि सुजिता सुनुवारले संचालन गरेको सुनौलो मेडिकल हललाई सुगर टेस्टको मेसिन महँगोमा बिक्री गरेको गत १३ गते उपभोक्ता संरक्षण कार्यालय विराटनगरले खरिद गरेको बिल मागेको तर हालसम्म नदेखाएको र बिक्री मूल्यभन्दा २७ प्रतिशत नाफा लिएको पाइएको थियो । सुनौलो मेडिकल उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ ङ को दफा ५४ को उपदफा दुई बमोजिम आधारमा सोही ऐनको दफा ३९ क बमोजिम क्रमशः २० हजार जरिवाना गरी सम्झाई बुझाई गरेकोहो । सरिता साह र किशोर साहले संचालन गरेको टाटा फार्मेसीले पनि बिलबीजक नराखी मास्क तथा स्यानिटाइजर खरिद बिक्री गरेकाले २०७५ को दफा ३९ क बमोजिम २० हजार जरिवाना गरेको पोखरेलले बताए । गुनासो धेरै ठाउँमा आइरहेकाले गुनासोका आधारमा पसल अनुगमन तथा अनुसन्धान कार्यलाई थप प्रभावकारी, परिमाणमुखी बनाउने पोखरेलको भनाइ छ । उनले उपभोक्तालाई सामान किन्दा बिल पनि माग्न अनुरोध गर्दै भने सामान महँगो लागेमा अनलाइनबाट पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरलाई उजुरी गर्न मिल्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर