आज विहान देखि नेपालका धेरै वेबसाइटहरु र मोबाइल एप चलेका छैनन ।
यी वेबसाइटहरु खोल्दा डीएनएस एरर देखाईरहेको छ ।
समस्या देखिएका वेबसाइटमा अमेजन, पेटीएम, डिज्नी, हटस्टार, एयरबीएनबी, यूपीएस, एचएसबीसी बैंक, ब्रिटिश एयरवेज र प्लेस्टेसन नेटवर्क सामेल छन् ।
डीएनएसको अर्थ डोमेन मेन सिस्टम हो । यो डोमेन नेमले कुनै कम्प्युटरको आईपी एड्रेससँग जोड्छ जसको कारण हामिले कुनै पनि वेबसाइट हेर्न सक्छौ ।
अकामाईले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्राविधिक समस्या सुल्झाइएको जानकारी दिएको छ ।
पछिल्लो दुई महिनामा दोस्रोपटक ठूलो संख्यामा इन्टरनेट सेवामा अवरोध देखिएको हो ।
एजेन्सीहरुको सहयोगमा









