
७ श्रावन २०७८, बिहिवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएका नेताहरुलाई आममाफी दिने बताएका छन् ।
पृष्पलाल स्मृति दिवसको अवसरमा तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पुष्पलाललाई साक्षी राखेर भन्छु– बाटो बिराएका, भड्किएका साथीहरु सबैलाई माफी छ, आउनुहोस् सबै मिलेर आन्दोलन सफल बनाऔं ।’
सबै मिले मात्रै आन्दोलनलाई एकीकृत बनाउन सकिने भन्दै उनले भने, ‘यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड ।’