७ श्रावन २०७८, बिहिवार

नेपालमा पछिल्लो २४ घण्टामा थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

https://amzn.to/4myfPN5

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ७५१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विहीबार काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जना कोरोना संक्रमित थपिएका हुन्

आज देशभरी गरेर २४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने १२८८ जना निको भएका छन् ।
निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ।
यस्तै मृतकको कुल संख्या ९ हजार ६६१ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर