७ श्रावन २०७८, बिहिवार

जुम्लाबाट जाजरकोट जोड्ने तिला नदीमा पक्की पुल बनेपछि गाडी गुड्न थालेका छन् ।

तिला गाउँपालिका त्रिवेणीमा पुल निर्माण भएको हो ।

कर्णाली राजमार्गदेखि जुम्लाको भेरी खोला र जाजरकोटसम्म यात्रा सजिलो हुने भएको छ ।

पुलको लम्बाइ ५२ दशमलव १५ मिटर रहेको छ ।

पूर्वाधार विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रूपबहादुर रावलका अनुसार चार करोड १२ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको छ ।

पक्की पुल निर्माण भएपछि जनप्रतिनिधि र स्थानीयवासी खुसी भएका छन् । तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले लामो समयको पर्खाइपछि पुल बन्दा खुसीको सीमा नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर