७ श्रावन २०७८, बिहिवार

गृह मन्त्रालयले लामो दुरीका सार्वजनिक सवारी साधन संचालनका लागि सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालय, नक्साललाई मध्यम र लामो दुरीको सार्वाजनिक सवारी साधन संचालन गर्न आवश्यक सहजीकरण गर्न भनिएको हो।

देशभर कोरोना संक्रमण बढेपछि त्यसलाई नियन्त्रण गर्न भन्दै वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकालगायत अन्य जिल्लाहरुमा निषेधाज्ञा गरिएको थियो। जसको कारण लामो तथा मध्य दुरीका सार्वजनिक सवारी साधन चल्न सकेका छैनन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर