६ श्रावन २०७८, बुधवार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रति निकै खरो रुपमा प्रस्तुत हुने नेता भिम रावलको पछिल्लो गतिविधि भने फरक छ ।

https://amzn.to/4myfPN5

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विघटित कार्यदलको संयोजक समेत रहेका उनले नेपालको साथ छोडेको प्रष्ट संकेत दिएका छन् ।

सुरुमा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन निकै सकृय रहेका रावल तत्कालिन प्रधानमन्त्री रहेका ओलीलाई वालुवाटारमा भेट गरेपछि अचानक फेरीएको माधव पक्षका नेताहरुले आँकलन गरेका छन् ।

देउवालाई विश्वासको मत दिने अन्तिम समयमा सांसद पदवाटै राजिनामा दिएका रावल अहिले नेपाल पक्षले राखेको बैठकमा सहभागी भएका छैनन् ।

मंगलवार र बुधवार माधव पक्षको बैठक बसेको छ । तर उनी सहभागी भएनन् । बुधवार स्थायी कमिटी बैठक बसेको छ।

बुधबार दिउँसो बानेश्वरमा नेपाल पक्षको स्थायी कमिटी सदस्यको बैठक बसेको हो।

असार २० गते भेटेका थिए। त्यस यता उनको ब्यवहार फरक भएको नेताहरुको भनार्य छ ।

देउवालाई विश्वासको मत नदिन सांसद पदवाट राजिनामा दिएपछि उनले नेपालको साथ छोडेको बताइएको थियो ।

स्थायी कमिटी बैठकमा पनि सहभागी नभएपछि त्यो पुष्टि भएको छ।

नेपाल पनि रावलका गतिविधिबाट असन्तुष्ट रहेको उनीनिकट स्रोतको दाबी छ।

प्रतिक्रिया

सम्बन्धित खवर