
६ श्रावन २०७८, बुधवार
गण्डकि प्रदेशमा ३६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार कास्कीका ११२ जना, तनहुँका ३८ जना, गोरखाका १३ जना, लमजुङका २१ जना, नवलपुरका ७८ जना र स्याङ्गजाका ४६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका ३४ जना, बागलुङका तीन जना र म्याग्दी जिल्लाका १८ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
बुधबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ ।
आज मृत्यु पुष्टि हुनेमा नवलपुरका एक जना र कास्की पोखरा महानगरपालिकाका दुई जना छन् ।