दिनेश खड्का खप्तडि
क्वालालम्पुर

६ श्रावन २०७८, बुधवार

रोजगारीको लागि मलेसिया पुगे पश्चात विभिन्न अभियोगमा जेल सजाय भोगिरहेका मध्ये आज १६ जना नेपाली नेपाल फर्कने भएका छन ।

मलेसियाको जोहोरवारुमा रहेको पेकननास क्याम्पमा रहेका मध्ये १५ र  केमयान क्याम्पमा रहेका एक नेपाली नेपाल फर्कदै  छन ।

गैर आवासिय नेपाली संघ मलेसिया, प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) तथा मलेसियामा रहेका विभिन्न संघसंस्थाहरुको सहयोगमा उनीहरु नेपाल आउन लागेका हुन ।

आज नेपाल फर्कनेमा पेकननास क्याम्पमा रहेका मध्ये कपिलवस्तुका पहिम गडिड,झापाका विक्रम पौडेल,सल्यानका हिमराज केसी,कपिलवस्तुका श्याम विलास पासी,झापाका भुपेन्द्र पासवान,सल्यानका एम वहादुर कामि,वाँकेका ज्ञान वहादुर गिरी,सुनसरीका मन कुमार यादव,सर्लाहिका रामजी कुमार खडका रहेका छन ।
यसैगरी वाराका विजय चौधरी,महोत्तरीका मुकेश नायक,सखुवासभाका सपन विश्वकर्मा,वर्दियाका प्रेम वहादुर खत्री,कपिलवस्तुका सुनिल धोवि, र सिराहाका अजय कुमार यादव रहेका छन ।
यस्तै केमयान क्याम्पमा रहेका मध्ये रोल्पाका रशेम कुमार खत्री आज नेपाल आउने भएका छन ।
नेपाली दुतावासका अनुसार उनीहरु सवैको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाल फर्कन थालेका हुन ।

नेपालमा आएपछि उनीहरु एक हप्ता सम्म होटल क्वारेन्टाईनमा वस्नेछन ।

यस अघि जुलाई सत्र तारिखमा पनि वाईस जना नेपाली जेलवाट नेपाल फर्किएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर