दिनेश खडका खप्तडि/ क्वालालम्पुर

६ श्रावन २०७८, बुधवार

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई मलेसियावाट चारलाख सहयोग गरेका छन ।
मलेसियामा रहेको सामसुङ्ग इलेक्टोनिक कम्पनीमा कार्यरत नेपालीहरुले ४ लाख ३ हजार २ सय ८८ रुपैयाँ धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छन ।
रकम संकलन अभियानमा नारायण परियार,राजु थापा, ईश्वर गिरि, खिम प्रसाद रेग्मी,अजय कुमार,विष्णु नेपाली,विबेक गौतम ज्यु , अमृत श्रेष्ठ,विष्णु पन्थी,कृष्ण हरि थापा,सुर्य खाड,रामु राई,सुबास बम र बिनोद लामा लगायत कम्पनीमा कार्यरत सवैजसो सहयोगि मनहरुले सहयोग गरेका थिए ।

रंगशाला निर्माणकार्य को लागि रकम अपुग हुन लागेपछि केही महिना पहिला धुर्मुस सुन्तली फाउन्डेसनले नेपाली एक लाख रुपैया बराबर रकम सहयोग गरे रंगशालाको प्याराफिट मा रहने कुर्सीमा आफ्नो नाम लेखाउन पाउने प्याकेज घोषणा गरेको थियो ।

सोही अनुरुप उक्त कम्पनीका कार्यरत नेपाली हरुको समुहको नाम कुर्सिमा लेखाउने अभियानमा सहयोग गरेका हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर