६ भाद्र २०७७, शनिवार
कंचनपुरमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
महाकाली नगरपालिका–६ मा भएको दुर्घटनामा महाकाली नगरपालिका–१ बस्ने १९ वर्षका सागर बमको मृत्यु भएको कन्चनपुर प्रहरीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार युके ०६ ए एफ ८४२६ को भारतीय नम्बर प्लेटको मोटरसाइकल र युके ०६ ए ०६ ए ५८१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा सागर बम घाइते भएका थिए । उपचारकै क्रममा सागरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक लालबहादुर बमले बताउनुभयो

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर