
दिनेश खड्का खप्तडि
क्वालालम्पुर
५ श्रावन २०७८, मंगलवार
गैरआवसीय नेपालीसंघ मलेसियाको महासचिवमा रन्जीत कुमार क्षेत्री निर्बिरोध भएका छन् ।
मलेसियालाई कर्मथलो बनाउँदै आएका कुमार क्षेत्री सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील रहेका छन (२०२१-२३)कार्यकालका लागि महासचिव मा निर्बिरोध भएका हुन्।
गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियामार्फत निःस्वार्थ भावका साथ सामाजिक सेवामा अनवरत रुपमा खटिदै आएका कुमार क्षेत्री नेपाली समुदायको उत्थान र कल्याणका निम्ती सदैव कटिबद्ध रहने उनले बताए ।
मलेसियामा बिगत लामो समयदेखि व्यवसायी गर्दै आएका कुमार क्षेत्री एनआरएनए मलेसियामा आबद्ध हुदै दुई कार्यकाल सचिवको जिम्मेदारी समेत सकुशल निर्बाह गरिसकेका छन् ।
श्रमिकको हक,हित र अधिकारलाई सुनिश्चित गर्दै र यसमा थप कटिबद्ध भएर लाग्ने प्रतिबद्धता ब्यक्त गर्दै महासचिवमा आफ्नो उम्मेदवार दिएका थिए ।
अन्तरास्ट्रिय अर्घाखाँची सम्पर्क मंचमा समेत रहेका कुमार क्षेत्री विभिन्न संघ संस्थासँग आवद्ध छन् ।
एनआरएनए मलेसियाको अधिवेशन तथा सपथ कार्यक्रम जुलाई ३० तारिखको मिति तय गरेको छ ।