४ श्रावन २०७८, सोमवार

सोमबार गण्डकीका ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार कास्कीका १९७ जना, तनहुँका २४ जना, गोरखाका ४९ जना, लमजुङका १५ जना, नवलपुरका ५५ जना र स्याङ्गजाका ३० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पर्वतका ३९ जना, बागलुङका सात जना र मनाङ जिल्लाका एक जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

सोमबार गण्डकीमा थप छ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि नवलपुरका दुई जना, बागलुङका एक जना, कास्कीका एक जना, स्याङ्गजाका एक जना र मनाङ जिल्लाका एक जना छन्  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर