४ श्रावन २०७८, सोमवार

प्रहरीले जापान पठाईदिन्छु भनि रकम ठगी गर्नेलाई आज पक्राउ गरेको छ ।

https://amzn.to/4myfPN5

महानगरीय अपराध महाशाखाको टोलीले सामाजिक सञ्जाल फेसबुकमा को नामबाट फेसबुक प्रयोग गर्ने व्यक्तिले फ्रेन्ड रिक्वेस्ट पठाई आफू जापानको इमिगेरेसनमा काम गर्ने जापानको नागरिक हो भन्दै ठगी गरेको पाइएपछि घटनामा संलग्न ४ जनालाई महानगरीय प्रहरी परिसर पठाएको छ ।

सो समूहले पीडितहरुसँग चिनजान गरी जापान जान वर्किंग भिषा प्रक्रियाको लागि रकम पठाउन पर्छ भनि प्रलोभनमा पारी विभिन्न बैक खातामा ३९ लाख ६८ हजार ९९६ रुपैया डिपोजिट गर्न लगाई निकालेर जापान नपठाई सम्पर्कविहिन भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरकी हाल नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलामकी हाल नयाँबानेश्वर बस्दै आएकी ३३ वर्षीया पुजा राई, सिन्धुपाल्चोकका हाल कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरकी खरिपाटी बाँसबारी बस्दै आएकी २१ वर्षीया दिपिका केसी रहेका    छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर