
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर मलेसिया
४ श्रावन २०७८, सोमवार
मलेसिया, गैरआवासीय नेपाली संघ मलेसियाको २०२१–२०२३ आसन्न निर्वाचनका निमित्त गठन गरिएको निर्वाचन समिति एकाएक विघटन भएको छ ।
सोमबार एनआरएनए मलेसियाले आफ्नो आधिकारिक फेसबुक मार्फत निर्वाचन समिति बिघटन भएको बताएको छ ।
एनआरएनए मलेसियाले गत जुलाई १४ तारिख पुरुषोत्तम कट्टेलको संयोजकत्वमा विष्णु प्रसाद पौडेल,बाबुराम शर्मा,वासु पोख्रेल र नेपाली दूतावासका प्रतिनिधि रहने गरि निर्वाचन समिति गठन गरेको थियो ।
नयाँ कार्यसमिति समितिको लागि बिभिन्न पदमा ३३ जनाले मनोनयन दर्ता गराएका थिए ।
गैर आवासिय नेपाली संघमा उम्मेदवार वनेकाहरुलाई अनावश्यक रुपमा समितिले विभिन्न प्रश्नहरु राखेर दवाव दिएको
एनआरएनए मलेसियामा आगामी कार्यकालको लागि उम्मेदवारी मनोनयन दर्ता गराउने उम्मेदवारहरुसँग सम्वाद गर्दा , निर्वाचन समितिले उम्मेदवारी दर्ता गराउनेहरुलाई अनावश्यक केरकार गर्ने , दर्ता प्रक्रिया सम्बन्धि प्रमाणिकरण गर्ने बेला मलेसियाको अध्यागमन बिभाग (इमिग्रेशन) जस्तै जथाभावी सोधपुछ गरेर अनावश्यक दुख दिईरहेको र निर्वाचन कमिटीलाई उपलब्ध गराईएको गोप्य कागजातहरु लिक गरेको निर्वाचन समितिले ब्यक्तिको ब्यक्तिगत कागजपत्र सार्वजनिक गरेको समितिलाई गंभिर आरोप लगाएका छन ।
गैर आवासिय नेपाली संघका केहि पदाधिकारीहरुले भने निर्वाचन समितीको अधिकारलाई प्रयोग गरेर आफनो कामलाई अगाडि वढाएको वताएका छन ।
उनीहरु भन्छन सबै पदमा लगभग सर्वसम्मत हुने गरि अन्तिम नामावली प्रकाशन गर्नेमा केन्द्रित रहेर काम गरिरहेको समयमा केहि एनआरएनमा आवद्ध रहेका ब्यक्तिहरुको कारण पनि यस्नो भएको हो । यदपि आधिकारिक रूपमा कारण बाहिर आएको छैन ।
यसै क्रममा एनआरएनए निर्वाचन समितिका एक सदस्य सँग पनि सम्वाद गर्दा उनले केहि पनि खुलाउन चाहेनन । निर्वाचन समितिका संयोजक सँग सम्पर्क हुन सकेन । एनआरएनए मलेसियामा सातौं अधिवेशन यहि जुलाई २५ तारिख हुने थियो ।
यतिवेला मलेसिया एनआरएनलाई चासोका साथ हेरिरहेकाहरुले सामाजिक सन्जाल मार्फत एनआरएन र निर्वाचन समितिलाई विभिन्न र वर्तमान अवस्थाको वारेमा आफना धारणाहरु राखिरहेका छन ।
एनआरएनए मलेसियाका सल्लाहकार चोलाकान्त पंगनी सामाजिक सन्जालमा लेख्छन “कहि नभएको जात्रा एनआरएनए मलेसियामा देखियो । सवै डकुमेण्ड तयार भएपछि सदस्यताको सुल्क तिरेपछी मात्र एनआरएनको सदस्यता कार्ड वन्छ होला होईन र ? अनी भोट हाल्न पाउने उम्मेदवार हुन नपाउने कतै नियम छ ? अनि निर्वाचन कमिटि कहिले देखि मलेसियाको इम्रिगेसन वन्यो भिषा चेक गर्न त पाउला तर वैधानिक र अवैधानिक भनेर ब्यक्तिको काजपत्र वाहिर सार्वजनिक गर्ने अधिकार कस्ले दियो ? कुनै ब्यक्तिको ईगोको कारण एनआरएनए जस्तो पवित्र संस्थालाई वदनाम नगरौ “!
यस्तै गरी निर्वतमान महिला उपाध्यक्ष सुभद्रा लिगदेन लेख्छिन बाँसुरी नै नरहे बाँसुरी बजाउने होड बाजी कम होला। जुन सुकै संस्था वा पार्टीहरुले अलिकति उचाई लियो कि उचाईमा पुगेर रमिता हेर्न सबै लाइ जति आनन्द आउछ नि त्यो उचाई बनाउनको लागी समय, पैसा, इच्छा शक्ति कति खर्चेको हुन्छ त्यो भुल्ने स्वभावको परिराम हो यो सबै लाइ सम्मान र स्थान दिन जानिन्दैन भने तपाई हामी जो कोहि प्रतिनिधि हुने चाहना गर्नु हुन्न, सबैको कल्याण होस् .
यसैगरी एनआरएनए मलेसियाका निर्वतमान महासचिव हेमराज सापकोटा लेख्छन समाज भाड्ने हरुले जहिले यस्तै गर्छन
गैर आवासीय नेपाली संघ जस्तो पबित्र सस्था लाई आफ्नो ब्याक्तिगत स्वार्थ पुराको थलो बनाउने हरुको हस्तछेपको कारण बिगत देखि आज सम्म समस्या नै समस्या दिदै आए। मेरो चाहना र प्र्यास सस्था मा काम गर्न सक्ने र चाहने युवा नेतृत्वको आवश्यक हो। सधै सस्थाको खोल ओड्नु पर्ने अनि सिङ्गो कार्यकाम मा ज्ञ ओटा पनि सिन्को नभाच्ने प्रबिधिका ब्याक्ती र प्रबिधिको म जहिले बिरोधी हो र हुनेछु। कसरी निर्बाचन असफल पार्ने भन्ने चलखेल गर्नेहरुको हाबी हुनाले केही माहोल धमिलो भएको अवस्था हो तर सके सम्म यो प्रवृत्ति लाई प्रास्त पार्नको लागि सबै एकजुट हुनुपर्ने देखिन्छ।
यस्तै एनआरएनएका निर्वतमान सचिव रन्जीत क्षेत्री लेख्छन गैर आवासीय नेपाली संघ मेलेसिया ले कमिटी को बैठक मार्फ़त तपाई हामी सबै बसेर निर्वाचन कमिटी लाई जिम्मा दिएका हौ ।लगभग सबै पद मिलेको अबस्था थियो ।अध्यक्ष कै लागी प्रयास जारी थियो त्यो पनी मिल्दै थियो अन्तिम मा निर्वाचन कमिटी ले घोषणा गर्ने बेला बिभिन्न बाहाना मा निर्वाचन कमिटी लाई राजिनामा दिन बाध्य बनाउने जुन किसिम को किर्ते खेल देखियो यो सरासर गलत भएको छ ।यो सब कमिटी कै साथी अथवा नजिक को साथी हरू बाट भएको हो । दुःख लाग्छ बैमानी हरू लाई देख्दाआफनो कब्जा मा नआउदा सिंगो संस्था को बदनाम हुदा ।अझै पनी सहमति बाटै सबै पद चयन हुने छन भन्ने आशा गरौ । मिलाउनु पर्छ भन्ने भावना लिएर सबै को मन मा संस्था जोगाउनु पर्छ र संस्था प्रति को योगदान हेरेर चयन हुनु पर्छ भन्ने जागोस ।
पद भोगी हरू पद मा रहे संस्था ठीक र आफु पद मा नरहे संस्था नै बदनाम गर्ने हरू लाई बहिस्कार गरौ । जय यन आर यन ए
पत्रकार त्रिलोचन गौतम लेख्छन 5 हजार जना श्रमिक बाटउठाएको 30 Rm कता जान्छ अब ?? देखाउ वा श्रमिकका नारा बेचेर कहिले सम्म सस्था चलाउने बैधानिकता कै कुरा गर्दा कस्लाइ छुट छ श्रमिकको नाममा पैसा उठाउन ?