४ श्रावन २०७८, सोमवार

म्याग्दी जिल्लाका मुख्य सडकसहितका १७ वटा सडक अवरुद्ध हुँदा यातायात सन्चालनमा आउन सकेका छैनन् ।

https://amzn.to/4myfPN5

बाढी पहिरोले गर्दा यातायात सञ्चालनमा आउन नसकेका हुन् ।

पहिरोले बेनी–जोमसोम, बेनी–दरबाङ र जिल्लाका भित्री सडकहरु अवरुद्ध भएका हुन् ।

बेनी–बरंजा, बेनी–पुलाचौर र बेनी–झीँ सडक बाहेकका सबै सडक अवरुद्ध छन् ।

यी तीनवटा सडकमा पनि जीपबाहेक ठूला सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

जिल्लाका कुनै पनि ग्रामीण सडकमा बस चल्न सक्ने अवस्था नरहेको यातायात व्यवसायीहरुले बताएका छन् ।

वर्षा निरन्तर भइरहेका कारण रामाजर्गका सडक सुचारु हुन केही समय लाग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर