३ श्रावन २०७८, आइतवार
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा हलमा प्रवेश गरेका छन् ।
बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलमा सभाहलमा प्रवेश गरेका हुन् ।
सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए । देउवा प्रधानमन्त्री भएपछि उनीहरूबीच यो पहिलो भेट हो।
विश्वासको प्रस्तावमाथि भएको छलफलका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाले ओली बैठकमा नआएकोबारे कुरा उठाएका थिए।