३ श्रावन २०७८, आइतवार

कालीगण्डकी गाँउपालिकाले प्रेस विज्ञप्ती जारी गर्दै गत साउन १ गते गाउँ कार्यपालिकाको प्रशासनिक कार्यालय भवन,प्राविधिक शाखा रहेको भवन, जनता मावि भवन एवं स्थानिय सातवाट घरहरुमा अज्ञात समुहले गरेका तोडफोड र क्षतीमा गंभिर एव सम्वदेनशिल वनाएको वताएको छ ।

अपराधीपत्ता लगाउन तालिमप्राप्त कुकुर सहितको विषेश टोली समेत परिचालन गरिरहेको र अनुसन्धान भैरहेको जनाएको छ ।

अनुसन्धान एवं खोजपड्तालमा तदरुकता देखाउने सम्पुर्ण सुरक्षाकर्मि एवं स्थानिय वासिन्दामा समेत धन्यवाद दिएको छ ।

आपराधिक मनोवृतिका ब्यक्तीहरुवाट गाउँपालिका भित्र रहेका सार्वजनिक सम्पतीमा आगजनी गर्ने त कहिले सार्वजनिक कार्यालय,विधालय एवं निजी घर समेतमा चोरी गर्ने जस्ता घटना प्रती गाउँपालिकाले घोर निन्दा गर्दै खेद प्रस्ताव पारित गरिएको छ ।

यस्ता घटनावाट विचलित नभई सवैकौ सहयोगले त्यस्ता क्रियाकलाप गर्नेहरुलाई कानुनी वाटोमा ल्याएर सजाय दिनको लागि सवैको सहयोग रहेकोले अनुसन्धानलाई सघाउन समेत गाउँपालिकाले सवैलाई अनुरोध गरेको छ ।अनुसन्धान एवं खोजपड्तालमा तदरुकता देखाउने सम्पुर्ण सुरक्षाकर्मि एवं स्थानिय वासिन्दामा समेत धन्यवाद दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर