३ श्रावन २०७८, आइतवार
डोटीमा जोरायल गाउँपालिका वडा नं ५ र ६ मा तीन दिनदेखि फोन सेवा अवरुद्ध भएको छ ।
फोन अवरुद्ध हुँदा यहाँका ग्रामीण क्षेत्रका नागरिक तीन दिनदेखि सेवाबाट वञ्चित भएका छन् ।
शुक्रबार साँझ गुनड तथा गोबडालेकमा रहेका रिपिटर स्टेशनमा वर्षाका कारण खराबी आएपछि यहाँका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका स्थानीयवासी डम्बर विष्टले जानकारी दिए ।
फोन सेवा सञ्चालन नहुँदा सेवाग्राही निकै मर्कामा परेका छन् ।
उक्त टावरबाट जिएसएम र सिडिएमए सेवा अवरुद्ध भएका छन् ।
नेपाल टेलिकमका फोन अवरुद्ध भएपछि यहाँका सेवाग्राहीलाई एनसेलको भर पर्नुपर्ने अवस्था आएको जोरायल–६ का महेन्द्र बोहराले बताए। अवरुद्ध भएको तीन दिनसम्म सञ्चालन नहुँदा सानो कामका लागि पनि यहाँका नागरिकले घण्टौ लगाएर आफँै सम्बन्धित ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको गुनासो छ ।