३ श्रावन २०७८, आइतवार

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता सुमनराज प्याकुरेलले सर्वोच्च अदालतले संसदको विशेषाधिकार खोसेको आरोप लगाएका छन् ।

जनादेशबाट बनेको सरकारलाई परामादेशबाट परिवर्तन गर्दै सर्वोच्च अदालतले संविधानको मुल मर्ममाथि नै प्रहार गरेको प्याकुरेलको आरोप थियो ।

नवौं अधिवेशनको पहिलो दिन आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै एमाले दलका नेता प्याकुरेलले प्रधानमन्त्री चयन गर्ने संसदको विशेषाधिकार समेत सर्वोच्चले अपहरण गरेको आरोप लगाए ।

‘सर्वोच्चको फैसलाले सुधारिएको पञ्चायती व्यवस्थाको बिजारोपण गरेको छ’, उनले भने ।

सर्वोच्चको निर्णयप्रति असन्तुष्टि भएपनि विधिको शासन र कानुनी राज्यको सम्मान गर्दै अघि बढ्ने बताउँदै प्याकुरेलले एमाले शरीरमा लागेको धुलो टकटक्याउँदै चाँडै उठ्ने विश्वास व्यक्त गरे । नेपालका कम्युनिष्ट दलहरु तत्काल सचेत नभए अहिले लागेको कालो बादलले सवैलाई बरबाद पार्ने उनको दाबी थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर