३ श्रावन २०७८, आइतवार
आइतबार गण्डकी प्रदेशमा ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका १६२ जना, तनहुँका १५ जना, गोरखाका ३० जना, लमजुङका तीन जना, नवलपुरका १७ जना र स्याङ्गजाका ५३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, पर्वतका १९ जना, बागलुङका २५ जना, म्याग्दीका १३ जना र मुस्ताङ जिल्लाका एक जना रहेका छन ।
पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशबाट ३सय ६६ जना कोरोनामुक्त भएका छन् ।
आज गण्डकि प्रदेशमा थप पाँच जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा नवलपुरका दुई जना, तनहुँका एक जना, कास्कीका एक जना र गोरखाका एक जना रहेका छन ।