
३ श्रावन २०७८, आइतवार
मलेसियामा एक नेपालीले सवैमा सहयोगको अपिल गरेका छन ।
बागलुङ जिल्लाको निसिखोला गाउँपालिका घर भई मलेसियाका कार्यरत खिम वहादुर पुन मगरले सहयोगको अपिल गरेका छन । स्टानफोर्स सेक्युरिटि कम्पनीमा कार्यरत रहेका उनी यतिवेला निकै विरामि भएका छन ।
कम्पनीले चारपाच दिन अगाडि सामान्यरुपमा अस्पतालमा लगेर उपचार गरेजस्तो गरेको सोहि कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराएका छन ।
अहिले भने आम्पाग पोइन्टको होस्टलमै ल्याएर राखिदिएको नेपालीहरुले वताएका छन ।
पहिला राम्रै हुनुहुन्थ्यो कसरी यस्तो भए हामि पनि अचम्म परेका छौ नाम उल्लेख नगर्ने शर्तमा सोहि कम्पनीमा कार्यरत एक नेपाली भने अहिले उहाँको अवस्था एकदमै नाजुक छ विहान त लगाएको कपडामै पिसाव गरिदिनु भयो अवैधानिक हुनुहुन्छ हामिले केहि गर्न सक्ने अवस्थानै छैन ।
पुन मगर अहिले वोल्न समेत सक्दैनन । नेपालको ठेगाना वताउन पनि नसकिरहेको उनका साथीहरुले वताएका छन । सेक्युरिट कम्पनीमा कार्यरत रहेकै अवस्थामा वसेको ठाउँवाट उठन समेत नसकेपछि हालको अवस्था आएको हो ।
पुन मगरले सो सेक्युरिटि कम्पनीका करीव दुईवर्ष देखि अवैधानिक अवस्थामा रहेर काम गरिरहेका थिए ।
मलेसियामा रहेका पुनको उद्धारको लागि नेपालको बागलुङवाट रोशन विश्वकर्मा वावुले निकै सहयोग गरिरहेका छन । उनले भने घरपरिवार अझै पत्ता लागेको छैन जसले जहाँवाट भएपनि नेपालीको नाताले सहयोग गर्नेहो हामि सवै जुट्यौ भने पुनजीको पक्कै उद्धार हुनेछ ।