३ श्रावन २०७८, आइतवार

खेत जोत्ने क्रममा ट्य्राक्टर पल्टँदा चितवनमा आइतबार बिहान ८ बजे एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्य्राक्टरका चालक ३४ वर्षीय सन्दीप मगर रहेको चितवन जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

भरतपुर महानगरपालिका–५ कैलाशनगरका चन्द्र सिग्देलको खेत जोत्दै गर्दा आइतबार बिहान ना४त ३१५२ नम्बरको ट्य्राक्टर दुर्घटना भएको थियो ।
गम्भीर घाइते भएका मगरलाई उपचारको लागि अस्पतालमा लगिएकोमा उनको अस्पतालमा मृत्यु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर