पत्रपत्रिका
राजधानी दैनिकवाट

३ श्रावन २०७८, आइतवार

https://amzn.to/4myfPN5

संखुवासभाको सिलिचोङ गाउँपालिका गाउँपालिका–१ का पहिरो पीडित एक वर्ष बित्दा पनि अझै टेन्टमै बास बस्न बाध्य भएका छन् ।

पहिरोले विस्थापित भएका बेसिन्दा गाउँका ९७ घर परिवारले पुनस्र्थापना हुन नसक्दा टेन्टमै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।

पहिरो गएको एक वर्ष बितिसक्दा पनि पीडित घर फर्किएर बस्न पाएका छैनन् ।

गत वर्ष असार २८ गते राति आएको पहिरोले सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ९ घर बगाउँदा ११ जना अझै बेपत्ता छन् ।

पहिरोबाट विस्तापित भएको एक वर्ष बिते पनि पीडित परिवार टेन्टमै बस्न बाध्य छन् ।

सरोकारवाला निकायले चाँसो नदेखाउँँदा विस्थापित परिवार अहिले पनि टेन्टमै बसिरहेका छन् ।

वर्ष दिन बितिसक्दा समेत पुनस्र्थापना गर्न तीनै तहका सरकारले चासो देखाएका छैनन् ।

पहिरोले घर बगाएका पीडितले ओत लाग्ने छानो समेत पाएका छैनन् ।

हिउँद लागेपछि घरमै बसेका पहिरो पीडित घर बग्ने हो कि भन्ने चिन्तामा छन् ।

पहिरोको उच्च जोखिम भएका कारण पानी पर्न थालेपछि घर बगाउने डरले टेन्टमै बसिरहेको स्थानीय हिरालाल राईले बताए ।

उता सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङका अनुसार गाउँपालिकाले पहिरो पीडित ९७ परिवारमध्ये ५५ घर परिवारलाई खाँदबारी नगरपालिकामा पुनस्र्थापना गर्न लागिएको जानकारी दिए ।

उनले भने हामीले पीडितको इच्छा चाहना गरेका केही ठाउँमा पुनस्र्थापना गर्न लागेको बताए ।

त्यसैगरी २५ परिवारका लागि सिलिचोङ–१ मा रहेको चित्रे, १२ परिवारलाई बखल्टुमटार र अन्य ५ परिवारलाई सोही क्षेत्र आसपास पुनस्र्थापना गर्ने तयारी भइरेहको बताए ।

पुनस्र्थापना लागि राख्न चित्रेमा र बखलटुङमा जग्गा खरिद गरेरर राख्ने प्रक्रिया सुरु गरेको बताए ।

गत वर्ष असार २८ गते रातिको पहिरोमा स्थानीय ६० वर्षीय राममान राई, उनकी श्रीमती ५५ वर्षीया हस्तकुमारी राई, छोरी २१ वर्षीया एन्जिला राई र ११ वर्षीया नम्रता राई बेपत्ता भएका थिए ।

६५ वर्षीया गोरीमाया राई र उनकी छोरी २२ वर्षीया प्रकृति राई पनि बेपत्ता भएका थिए ।

यस्तै ५२ वर्षीय जुद्धबहादुर राई (माने), उनकी श्रीमती ४५ वर्षीया उत्तरकुमारी राई, स्थानीय ७० वर्षीया नजमाया राई, ८४ वर्षीय हर्कराज राई र उनकी श्रीमती ८२ वर्षीया आइतमाया पनि बेपत्ता भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर