२ श्रावन २०७८, शनिवार
गोरखाकोचुमनुब्री गाउँपालिका वडा नं (३ घट्टेखोला स्थित ठाडो खोलाले वगाउदा ३० वर्षीय विजय गुरुङ बेपत्ता भएका छन ।
साउन १ गते चाडबाडका दिन राति अन्दाजी ९ बजेको समयमा दिदीलाई लिएर घर तर्फ फर्कंदै गर्दा ठाडो खोलामा रहेको काठको पुलबाट दिदीलाई तार्ने क्रममा खोलामा खसेर उनी वेपत्ता भएका हुन्।
प्रहरी र स्थानीयको टोलीले अहिले गुरुङको खोजीकार्य गरिरहेको भएपनि शनिवार साझँ सम्म पनि उनी फेला पर्न सकेका छैनन ।









