रमेश भटटराई
विराटनगर
२ श्रावन २०७८, शनिवार
राष्ट्रिय युवा संघ नेपाल बिराटनगरको पहिलो बैठक महानगर अध्यक्ष किरण लामाको अध्यक्षतामा पाञ्चालि स्थित नेकपा एमालेको पार्टी कार्यलयमा सम्पन्न भएको छ ।
बैठकमा संघका केन्द्रीय सचिवालय सदस्य नवराज नेपाल , केन्द्रीय सदस्य मनोज खड्का, संघका जिल्ला सदस्य रेशम थापा मगर, विनोद चाहार लगायत महानगरका सम्पुर्ण वडाका पदाधिकारी हरुको उपस्थिति रहेको थियो।
वैठकमा बिगतको कोरोना महामारीको समयमा भएको लकडाउनको समयमा महानगर कमिटि र मातहतका कमिटिले गरेका कार्य हरुको चर्चा गरिएको थियो । वैठकमा संगठन लाई अझ ससक्त ढंगबाट अगाडि बढाउने र महानगरका हरेक टोल टोलमा टोल कमिटि गठन गरेर संगठनलाई ब्यापक रुपमा बिस्तार गर्ने कुरालाई अगाडि सारिएको छ ।
वर्तमान समयमा पार्टी भित्र भएको षडयन्त्र र जालझेल रच्ने कसैलाई पनि माफि दिन नहुने र त्यस्ता माधब प्रबृत्तिका षडयन्त्रकारीहरुलाई पार्टी को साधारण सदस्य पनि नरहने गरि तत्काल कारबाही गर्न जोडदार माग राखिएको थियो।
साथै देशब्यापि रुपमा राष्ट्रिय युवा संघले प्रत्येक स्थानिय तहमा अघि सारेको बृक्षारोपण कार्यक्रम लाई आगामि असार ७ गते बिराटनगरमा भब्ताका साथ सम्पन्न गर्ने निर्णयका साथ पहिलो बैठक सम्पन्न भएको छ।