२ श्रावन २०७८, शनिवार

गण्डकीप्रेदशमा आज थप २सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार कास्कीका ९२ जना, तनहुँका ३१ जना, गोरखाका ५५ जना, लमजुङका १८ जना, नवलपुरका ५९ जना र स्याङ्गजाका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, बागलुङका नौ जना र म्याग्दीका तीन जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६१ हजार १६८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३०२ जना कोरोनामुक्त भएका छन् ।

शनिबार गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ ।
आज मृत्युहुनेमा नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका  १० का एक जना, म्याग्दी मंगला गाउँपालिका  ३ का एक जना र कास्कि पोखरा -१६ निवासी ३१ वर्षीय पुरुष छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर