२ श्रावन २०७८, शनिवार

चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको हत्यामा संलग्नहरु सार्वजनिक नभएसम्म शव नबुझ्ने आफन्तले अडान लिएका छन् ।

https://amzn.to/4myfPN5

अब के गर्ने भन्ने विषयमा परिवारले शुक्रबार नगर प्रमुख, वडाध्यक्षहरु, राजनितिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधी, स्थानीयवासीलाई डाकेर गरिएको छलफलमा सुजिताको शव तत्काल नबुझ्ने अडान लिईएको हो ।

‘न्यायकै लागि हामी सडकमै उत्रियौं’ स्थानीय युवा संजय श्रेष्ठले भने ‘घटनामा संलग्नहरु सार्वजनिक नभएसम्म शव बुझ्नु हुँदैन, एउटालाई हत्या गर्नेले भोली फेरी अर्कोलाई हत्या नगर्ला भन्न सकिन्न ।’

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले घटनाका विषयमा प्रहरी प्रशासनले परिवारलाई धेरै कुरा जानकारी गराईसकेको दावी गर्दै घटनाका विषयमा सबै प्रष्ट हुनु पुर्ने बताईन् ।

सुजिताकी दिदीलाई अपहरण भएको भन्ने आएको फोन र म्यासेजमा कुरा बाझिएपछि प्रहरीले सुजिताकी दिदी कवितालाई पनि पटक–पटक बोलाएर अनुसन्धान गरेको छ ।

प्रहरीका एक अधिकारीका अनुसार भिसेराको रिपोर्ट आईनसकेको तर एक साता भित्र सत्यतथ्य सार्वजनिक हुने बताएका छन् ।

गत असार ११ गते तरकारी लिन जान्छु भनेर निस्किएकी सुजिता २० गते घरभन्दा करिव ४÷५ किलो मिटरको दुरीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा कुहिन लागेको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर