२ श्रावन २०७८, शनिवार

नेकपा एमालेकी सांसद गंगा थारुले आफूलाई प्रलोभनमा पार्ने प्रयास भइरहेको बताएकी छन् ।

पार्टीकै केही नेताहरुले आफूलाई टेलिफोन गरेर प्रलोभनमा पार्ने प्रयास गरिरहेको भन्दै त्यसो नगर्न पनि अपील गरेकी छन् ।

उनले आफूलाई प्रलोभन नदेखाउन र एमालेको नीति विपरित केही नगर्ने सामाजिक सञ्जाल मार्फत अपिल गरेकी छन् ।

उनले लेखेकी छन्, ‘केही मित्रहरुले पार्टी हितको विपक्षमा लाग्न मलाई फोन गरेर प्रलोभनमा पार्ने दुष्प्रयास गरि रहनु भएको छ । कृपया दुःख नगर्नु होला मित्रहरु ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘म गंगा थारु कुनै पनि हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहित हुने कुनै पनि गतिविधिमा लाग्ने छैन । यो स्पष्ट हो र यो मेरो प्रण पनि हो । पार्टीले जे जस्तो निर्णय गर्छ पार्टीको एउटा इमान्दार कार्यकर्ताको हैसियतले त्यसको अक्षरशः पालन गर्नु मेरो कर्तव्य हो ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर