२ श्रावन २०७८, शनिवार

पाल्पामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएर वर्दिया अस्मेली गाउँपालिका ३ घर भई तानसेन ८ डुम्रेमा वस्दै आएका २७ वर्षिय महेन्द्र पुनको मृत्यु भएको हो ।
शुक्रबार मध्यराती कच्ची सडकमा हिलोमा फसेको ट्रयाक्टर निकाल्न गएका उनलाई पहिरोले पुरेको हो ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट कच्चीसडक होलीघाटतर्फ ढुंगा लोड गरि गएको लु ४ त ६६२९ नम्बरको ट्रयाक्टर पहिरो खसेको हिलोमा फसेको थियो।
ट्रयाक्टर निकाल्न लु १ क २४९६ र लु १ क २४९७ नम्बरको एक्स्काभेटर गएका थिए। सोहि क्रममा पहिरो खस्दा पुनको मृत्यु भएको छ ।  तीनवटै सवारी साधन पहिरोमा पुरिएका छन्।
एक्स्काभेटरका चालक रैनादेवी छहरा गाउँपालिका १ सिद्धेश्वरका सरोज बुढा घाइते भएका छन ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर